Admission Open

बोनम्यारोपीडितलाई खाद्यन्न सहयोग

तनहुँ / लायन्स क्लब अफ तनहुँ व्यास सिटीद्वारा बोनम्यारो क्यान्सरपीडित दीपक मगरलाई बिहीबार खाद्यान्न सहयोग गरेको छ । जिल्लाको देवघाट गाउँपालिका–२ बैदीखानी भित्ता घर भई हाल व्यास नगरपालिका–१ चारकुनेमा भाडामा बस्दै आउनुभएका २६ वर्षीय मगरको परिवारलाई क्लबले सहयोग गरेको हो ।

मगरको छ जनाको परिवारलाई एक हप्ताका लागि पुग्ने खाद्यान्न, दाल, तेल, तरकारीलगायत सामग्री क्लबले प्रदान गरेको हो । क्लबका अध्यक्ष मल्ल, सचिव बाँस्तोला, सदस्यद्वय महमद अलि र राजेश मल्लले संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको हो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...