Admission Open

कोरोना अपडेट: नेपालमा गएको २४ घण्टामा ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टी, ७५ को निधन

काठमाडौं, २० जेठ गएको २४ घण्टामा नेपालमा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार १८ हजार ५ सय ३१ पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ एन्टिजेन परीक्षणमा गर्दा १ हजार गरी ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । जसमध्ये १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...