Admission Open

चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी

काठमाडौ / पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा भीषण आगलागी भएको हो ।

उद्योगको एक पेय पदार्थको प्लान्ट र गोदाममा आगलागी भएको हो ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए ।

उनले भने, ‘दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।’
उनले आगलागीको कारण अहिले थाहा नभएको पनि बताए ।

हौसला बढाउन सङ्क्रमितका घरघरमा पुगेर परामर्श
कोरोनाभाइरसका सङ्क्रमितहरूको हौसला बढाउन जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूले घरघरमा पुगेर सुझाव र परामर्श दिन थालेका छन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा भएको छलफलका आधारमा मङ्गलबार तीन वटा टोली नै बनाई सङ्क्रमितहरूलाई घरैमा पुगेर भेटघाट गर्दै परामर्श दिइएको हो ।

तीन टोलीले फिदिमको वडा नं १, २ र ४ मा रहेका सङ्क्रमितहरूलाई घरैमा पुगेर होमआइसोलेशनको अवस्था बुझ्ने, स्वास्थ्य अवस्थाको जानकारी लिने, होमआइसोलेशनमा बस्न समस्या रहेको भए सोको जानकारी लिने तथा आवश्यक सुझाव र परामर्श दिने काम गरेको हो ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारी, प्रहरी नायब उपरीक्षक दानबहादुर थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा सञ्जीव यादव, पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल, नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटा, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष गिरिराज बाँस्कोटालगायत टोलीमा सहभागी हुनुहुन्थ्यो ।

टोलीमा वडाध्यक्षहरू गजाधर भट्टराई, सुकपाल तुम्बापो र प्रकाश गुरुङ तथा वडा सदस्यलगायत जनप्रतिनिधिहरू प्नि सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा परामर्शसहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले तयार पारेको शरीरको प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधिसमेत सङ्क्रमितहरूलाई वितरण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी ढकालले विशेषतः सदरमुकाम फिदिममा होमआइसोलेशनको मापदण्ड पालना नभएको, सङ्क्रमितहरूले समस्या भोग्नुपरेकोलगायत गुनासा सुनिएपछि सङ्क्रमितको अवस्था बुझ्न टोली नै बनाई अनुगमन गरिएको बताउनुभयो ।

कतिपय सङ्क्रमितहरू सङ्क्रमणका कारण समस्या र मानसिक तनावमा समेत परेको अवस्थामा घरघरमा पुगेर सबैले सान्त्वना दिने प्रयास गरिएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुखसापकोटाले कोरोनाको सङ्क्रमण महामारीका रूपमा फैलिएकाले यसलाई सबैले सामान्य रूपमा लिई उच्च सतर्कताका साथ परिवारका सदस्यहरूलाई सहयोग गर्न, अप्ठ्यारो परे स्वास्थ्यकर्मीको परामर्श लिन वा अस्पताल भर्ना हुन भेटघाटमार्फत सुझाव दिइएको बताउनुभयो ।

जिससका प्रमुख, प्रजिअ लगायतले यसअघि फिदिमबाहिर हिलिहाङ र याङ्वरक गाउँपालिकामा रहेका सङ्क्रमितहरूलाई समेत घरैमा गएर भेटी हौसला दिनुभएको थियो । पाँचथरमा हालसम्म ८०७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये आधाभन्दा बढी सङ्क्रमित फिदिम नगरपालिकाभित्र रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...