Admission Open

तत्कालीन राजा वीरेन्द्रको वंशनास भएको २० वर्ष पूरा

काठमाडौँ १९ जेठ / तल्कालीन राजा वीरेन्द्र विरविक्रमशाहदेवसहित उहाँको परिवारको हत्या भएको आज २० वर्ष पूरा भएको छ । उक्त घटनालाई दरवार हत्याकाण्ड भन्ने गरिन्छ । २०५८ जेठ १९ गते रातीको समयमा नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र शाहसहित उहाँको वंशनास हुने गरी हत्याकाण्ड मच्चाइएको थियो ।

हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती र अधिराजकुमार निराजन शाहको हत्या भएको थियो । उहाँहरुसँगै दरबारका सदस्य तथा आफन्तहरुमध्ये दर्जनबढीले ज्यान गुमाउनु भएको थियो ।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरवारजस्तो संवेदनशील ठाउँमा देशका राजासहित राजपरिवारका सदस्यको हत्याको कारण अहिलेसम्म रहस्यमै छ । तत्कालीन छानविन समितिले युवराज दीपेन्द्रले आफ्नो परिवारका सबै सदस्यलाई गोलीले उठाएको र आफूले पनि टाउकोमा गोली हानेर निधन भएको निष्कर्ष निकाले पनि जनताले अहिलेसम्म त्यो तर्कलाई पत्याउन सकेकका छैनन ।

 

राजा वीरेन्द्र जनतामाझ निकै लोकप्रिय हुनुहुन्थ्यो । उहाँ उदार र सरल स्वभावको भएका कारण जनतामा लोकप्रिय बन्नुभएको थियो । उहाँको हत्यापछि ज्ञानेन्द्र शाह राजगद्धीमा आसीन भए पनि टिकाउ हुन सकेन् । शासन सत्ता हातमा लिएपछि राजनीतिक दलहरुले जनआन्दोलन मार्फत राजतन्त्रको अन्त्य गदै गणतन्त्र स्थापना गरेका थिए । राजा भएको ७ वर्षमै २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्रको समाप्ती भयो । ज्ञानेन्द्र नेपालको शाहवंशीय अन्तिम राजा बने । हाल उनी नागरिकका रुपमा रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...