Admission Open

गएको २४ घण्टामा थपिए ६ हजार ८५ जना कोरोना संक्रमित, ६८ को निधन,

काठमाडौं, १८ जेठ / गएको २४ घण्टामा ६८ जना कोरोना संक्रमितको निधन भएको छ । ६ हजार ८५ जना नयाँ कोरोना संक्रमित थपिएका छन भने ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । केही दिन यता नेपालमा कोरोना भाइरस संक्रमणबाट निधन हुनेको संख्या उल्लेख्य रुपमा घटेको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृतक संख्या बढेर जेठ ५ गते एकै दिन २४६ जनासम्म पुगेको थियो । त्यसपछि मृतक संख्या घट्दै आएर जेठ १४ गते ९६ जनामा झरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म कोरोना भाईरस संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख चार हजार ७८९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ भने कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...