Admission Open

सम्झनामा सर्जकहरू


बोस्टन , अमेरिका / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सोमवार सम्झनामा सर्जकहरू कार्यक्रम गरेर हालै दिवंगत भएका केही सर्जकलाई सम्झना गरेको छ । कोरोनाको प्रकोपबाट दिवंगत भएका प्राध्यापक तथा अनेसासका पूर्व सल्लाहकार राजेन्द्र सुवेदी, साहित्यकार एवम् चलचित्र निर्देशक चेतन कार्की र साहित्यकार वानीरा गिरीका साथमा साहित्यकार कविराज पोखरेल, गायक प्रेमध्वज प्रधान, गायिका लासिमित राई, कलाकार शान्ति क्षेत्री, अनुवादक कोमल चित्रकारलगायतलाई कार्यक्रममा सम्झना गरियो ।
अनेसास बोर्ड परिषद् सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. नेत्र एटम र नीलकमल सुवेदीले प्राध्यापक सुवेदीको वारेमा मन्तव्य राखेका थिए भने प्रकाश सायमी र मुरारी सिग्देलले साहित्यकार चेतन कार्कीका बारेमा श्रद्धा-सुमन व्यक्त गरे । कार्यक्रममा डा. वानीरा गिरीको बारेमा अनेसास बोर्ड परिषद् उप-सभापति पदम विश्वकर्माले स्मरण गराएका थिए भने अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले दिवंगत सबैप्रति श्रद्धाका शब्दहरू व्यक्त गर्दै राजेन्द्र सुवेदीसँगको सम्बन्धका बारेमा बिचार राखेका थिए ।
अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा र कोषाध्यक्ष कृष्णकुमार गिरीले पनि मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...