Admission Open

गएको २४ घण्टामा ६ हजार ४ सय ९१ जना संक्रमणमुक्त, ४ हजार ७ सय ६२ जना नयाँ संक्रमित र ११४ को निधन

काठमाडौं, १७ जेठ / गएको २४ घण्टामा ६ हजार ४ सय ९१ जना संक्रमणमुक्त भएका छन् । ४ हजार ७ सय ६२ जना नयाँ संक्रमित थपिएका छन भने ११४ को निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार १ सय ७८ जना र २ हजार ४ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ८४ जनासमेत ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण ११४ जनाको निधन भएको छ भने ६ हजार ४ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।

२०७८ जेठ १७ गतेको तथ्यांकअनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ भने ४ लाख ४७ हजार ४ सय ४६ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । संक्रमणका कारण निधन हुनेको जम्मा संख्या ७ हजार ३ सय ८६ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...