Admission Open

सेयर बजारमा एकैदिन १७ अर्बको कारोबार, लगानीकर्ताको आकर्षण बढ्दो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । आइतबार एकैदिन १७ अर्ब २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएर नेप्सेमा कारोबारको नयाँ रेडर्क कायम भएको हो । आइतबार २ सय १९ कम्पनीको सेयर ४ करोड २६ लाख ३६ हजार भन्दा बढी पटक खरिद बिक्री भएका छन् ।

गत बिहीबार एकैदिन १४ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएर रेकर्ड कायम भएको थियो । पछिल्लो समयमा नयाँ कारोबार र सूचक दुवैमा नयाँ रेकर्ड कायम हुने क्रम जारी छ ।

आइतबार नेप्से परिसूचकसमेत १२।५४ अंकले बृद्धि भइ २८२७।९३ अंकको नयाँ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । सेन्सेटिभतर्फ पनि ३।३५ अंकले सेयर मूल्य बृद्धि भएर सूचक ५०७।०६ बिन्दुको उचाईमा पुगेको छ । टे«डिङ, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, अन्य, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट कम्पनीका सेयर मूल्यमा गिरावट आएको छ भने अन्यको सेयर मूल्यमा बृद्धि भएको छ ।

आइतबार विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी २५५।२५ बिन्दुले बढेको छ । आइतबार ज्योति विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ । अन्य १६ वटा कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । आइतबार बरुण हाइड्रोपावर र हिमालयन ऊजा विकास कम्पनीको सेयर मूल्य सबै भन्दा बढी ६ प्रतिशत भन्दा बढीले घटेको छ । नेशनल हाइड्रोपावरको सबैभन्दा बढी ४७ करोड ४० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । अरुण काबेली हाइड्रोपावरको ४६ करोड ९२ लाख बराबरको सेयर किनबेच भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...