Mobile banking

Nepal Telecom

मासिक २ हजार बढ्यो, सरकारी कर्मचारीको तलब

काठमाडौं, १५ जेठ / आर्थिक वर्ष २०७८र७९ को बजेटमार्फत सरकारले सरकारी कर्मचारीको तलब मासिक दुई हजार वृद्धि गरेको छ ।
कोरोना महामारीका बीच कर्मचारीको मनोबल बढाउन उक्त निर्णय लिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । त्यस्तै कर्मचारीले हाल पाइरहेको महंगी भत्तालाई पनि कायमै राखिएको पनि बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।
साथै तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न पे कमिसन गठन गर्ने समेत मन्त्री पौडेलले बताउनु भयो ।

त्यसैगरी १० लाखसम्मको सामूहिक दुर्घटना बिमा र एक लाखसम्मको स्वास्थ्य बीमाको प्रिमियम सरकारले व्यहोर्ने पनि उल्लेख गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...