Admission Open

गएको २४ घण्टामा ९६ जनाको निधन, ६ हजार ९ सय ५१ जना नयाँ संक्रमित र ९८४१ संक्रमणमुक्त

काठमाडौं, १४ जेठ / गएको २४ घण्टामा ९६ जनाको निधन, ६ हजार ९ सय ५१ जना नयाँ संक्रमित र ९ हजार ८ सय ४१ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिलो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्यामा पनि कमी आएको छ ।

१९ हजार ३१३ पीसीआर परीक्षणमा ६,८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६९५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको छ ।

देशभर कोरोना संक्रमित थपिए कुन जिल्लामा कति थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७९६, काभ्रे पलाञ्चोकमा ३९२, ललितपुरमा ३१५, सिन्धुपाल्चोकमा २५६, झापामा २२६, भक्तपुर २१३ र रुकुममा २११ जनामा कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी सुनसरीमा १७०, मोरङमा १६६, ओखलढुंगामा १७०, चितवनमा १५१, कास्कीमा १८९, रोल्पामा १२०, कैलालीमा १३९, महोत्तरीमा १३७, दाङमा १३०, मकवानपुर र बर्दियामा ११८/११८ जना, बाँकेमा १०९, स्याङ्जामा १०२ र दोलखामा १०१ जना संक्रमित थपिएका छन् ।

यस्तै धादिङमा ९८, नुवाकोटमा ८९, गोरखामा ४०, धनुषामा ९७, तनहुँमा ८३, सिन्धुलीमा ७२, पाल्पामा ६५, सुर्खेतमा ६१, डडेलधुरामा ५४, पर्वतमा ५१, गुल्मी र कञ्चनपुरमा ५०/५० जना कोरोना संक्रमित थपिएका छन् ।

रौतहटमा ४८, बैतडीमा ४६,बारा, सप्तरी, कपिलवस्तु र अछाममा ४३ ४३ जना, धनकुटामा ४२, नवलपरासी पुर्वमा ३९, उदयपुरमा ३८, सिरहामा ३४ तथा सर्लाही र डोटीमा ३०/३० जना संक्रमित थपिएका छन् ।

यस्तै संखुवासभामा २९,पर्सामा २८, नवलपरासी पश्चिममा २१, कालिकोटमा १९, रामेछापमा १७,म्याग्दी र अर्घाखाँचीमा १३/१३ जना, रसुवामा १२ तथा इलाम, लमजुङमा ११र ११ जनामा कोरोना संक्रमण् देखिएका छन् ।

पाँचथरमा ९, प्युठान र रुकुम पश्चिममा ८/८ जना, सल्यानमा ५, बागलुङमा ६, भोजपुर र जुम्लामा ४र४ जना, खोटाङ, ताप्लेजुङ र दार्चुलामा ३/३ जना, रुकुम पुर्व, दैलेखमा २/२ जना तथा सोलुखुम्बु, मनाङ, जाजरकोट, हुम्ला,बझाङ र बाजुरामा १/१ जना थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका १७९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६३७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...