Organ Donation

Organ Donation

Election Commssion Nepal

बजार करेक्सन हुँदा पनि शेयर कारोबार रकममा नयाँ रेकर्ड, झण्डै १५ अर्बको कारोबार

काठमाडौं १३ जेठ साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा कारोबारको नयाँ रेकर्ड कायम भएको छ । बिहीबार एकैदिन १४ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ ।

नेप्सेमा भने सामान्य करेक्सन आएको छ । १।२ अंकले करेक्सन हुँदा नेप्से परिसूचक २८१५।४ विन्दुमा कारोबार बन्द भएको छ । सेन्सेटिभ तर्फ ०।२८ अंकले मात्र गिरावट आएको छ । बिहीबार बैंकिङ, होटल तथा पर्यटन, अन्य, माइक्रोफाइनान्स, जीवन बिमा र इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ट्रेडिङ, विकास बैंक, हाइड्रो, फाइनान्स, नन लाइफ, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्डको सेयर मूल्य भने बढेको छ ।

बिहीबार २० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रोपावर, खानी खोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अन्य १७ वटा कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी समता लघुवित्तको ५।२३ प्रतिशत र मेरो लघुवित्तको ५।०६ प्रतिशतले सेयर मूल्य घटेको छ । बिहीबार सबैभन्दा बढी अफी पावरको ४३ करोड कित्ता सेयर खरिद बिक्री भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...