काठमाडौं / बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ७ सय रुपैयाँ बढेको हो । बिहीबार छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५० रुपैयाँ रहेको छ ।