काठमाडौं, १३ जेठ / गएको २४ घण्टामा कोरोना भाइरस संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ६ हजार ९ सय ३९ जना नयाँ संक्रमित थपिएका छन् भने ७ हजार २ सय २६ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
गएको २४ घण्टामा २० हजार ४ सय १४ पीसीआर परीक्षण गर्दा ६ हजार ७ सय ३१ जना संक्रमित भेटिए भने ५ सय ७८ एन्टिजेन परीक्षण गर्दा २ सय ८ जनासमेत गरी जम्मा ६ हजार ९ सय ३९ नयाँ संक्रमित भेटिएका हुन् ।