Admission Open

कोरोना संक्रमणदर घट्यो : नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै, निधन हुनेको संख्यामा पनि कमी

 

काठमाडौं, १२ जेठ/  नेपालमा तीब्रत्तररुपमा फैलिइरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमणमा सुधार आएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणले नयाँ संक्रमितभन्दा धेरै संक्रमणमुक्त भएको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १४ नयाँ संक्रमित थपिएका छन् भने नयाँ संक्रमित भन्दा धेरै ६ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६ सय ७७ जना र ३२२ एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी काठमाडौंमा ११३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना गरी काठमाडौं उपत्यकामा मात्र १४९३ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ भने मृतकको संख्या ६ हजार ८ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा निधन हुनेको संख्या १४५ रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...