Admission Open

प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न माग

दमौली/ तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न स्थानीयवासीले माग गरेका छन् । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक बिस्तारका क्रममा चट्टान आरोहण मासिने भएपछि स्थानीयवासीले यसको संरक्षणका लागि माग गरेका हुन् ।

नेपाल खेलकुद महासङ्घका महासचिव मेखराज पौडेलको पहल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेको समन्वयमा स्थानीयवासी, खेलसँग सम्बन्धित सङ्घसंस्था र खेलाडीको भर्चुअल बैठकबाट नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष महेन्द्र रिजालको संयोजकत्वमा विमलनगर चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण समिति गठन गरिएको छ । समितिमा स्थानीयवासी लालकुमार श्रेष्ठ, प्रेम गुरुङ र सम्बन्धित वडाका प्रतिनिधि सदस्य रहनुभएको छ ।

उक्त समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै साहसिक खेलकुदका रुपमा रहेको चट्टान आरोहणलाई संरक्षण गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारीमार्फत् बुझाइएको ज्ञापनपत्रमा सडक विस्तारका क्रममा चुनपहरा क्षेत्र प्रत्यक्ष प्रभावित हुने भएकाले यस क्षेत्रको जोखिम न्यूनीकरण तथा वैकल्पिक नीति अवलम्बन गर्न आवश्यक रहेको ठहर गरिएको छ ।

राजमार्ग विस्तार योजनाअनुरुप सडकको मापदण्डअनुसार मध्यविन्दुबाट दायाँ र बायाँ २५÷२५ मिटर विस्तार गर्नका लागि चिन्ह लगाउने कार्य सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको सडक विस्तार अति आवश्यक रहेको भए पनि पृथ्वीराजमार्गसँगै जोडिएको यस क्षेत्रको संरक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।

संरक्षण समितिले हाल कायम गरिएको सडक मापदण्डलाई आवश्यकता अनुसार घटाउन, आरोहण क्षेत्रपट्टिको मापदण्ड घटाएर खोलातर्फको मापदण्ड बढाउन र विमलनगरको पुलबाट पारी करिब १।५ किमिको वैकल्पिक ट्रयाक खोली नयाँ पुलहुँदै निस्कने सडक बनाउने विकल्प अगाडी सारेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...