Admission Open

आगलागी हुँदा १९ लाखको क्षति

पाँचथर, ७ जेठ/ कुम्मायक गाउँपालिकाको एक घरमा आगलागी हुँदा रू १९ लाख ४६ हजारको क्षति भएको छ ।

प्रहरीका अनुसार वडा नं ४ यासोक बजारका प्रकाश काफ्लेको चार तल्ले घरको चौथो तल्लामा आज बिहान आगलागी हुँदा काठ, जस्ता र प्लाईले बनेको चौथो तला जलेर नष्ठ हुँदा उक्त क्षति भएको हो ।

खाना पकाउने ग्यास चुहिँदा भएको सो आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...