Mobile banking

Nepal Telecom

अनेसासले पठायो अमेरिकी बिदेश मन्त्रीलाई पत्र

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा कोभिड पीडितको उपचारका लागि विश्व समुदाय माझ अपिल गर्ने भएको छ । यसको सुरुआत अमेरिकी बिदेश मन्त्री एन्थोनी ब्लेन्डिनलाई मंगलबार पत्र पठाएर गरेको छ । अमेरिकाको बिदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने क्रेग डेनिसनसँग कुरा गर्दै अनेसास केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्णकुमार गिरीले संस्थाको तर्फबाट इमेल पत्र दर्ता गराएका हुन् । श्री डेनिसनले गिरीसँगको कुराकानीका क्रममा अमेरिकाले अक्सिजन र आवश्यक उपचारकालागि चाहिने सामग्रीहरु पठाउन पहल गरिसकेको र छिट्टै खोप उपलब्ध गराउने सन्दर्भमा पनि कुराकानी भइरहेको बताएका छन् ।
उनले नेपालमा कोभिडका कारण भइरहेको मानवीय क्षतिप्रति अमेरिकी सरकार दुखित भएको पनि बताए ।

अनेसासले विश्वभर रहेको आफ्ना च्याप्टरमार्फत सम्बन्धित देशको विदेश मन्त्रालयमा नेपालका लागि सहयोग गर्न अपिल गरेको छ ।
समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षताको हालै बसेको कार्यसमितिको बैठकले नेपालमा नेपालीहरुले भोग्नुपरेको दुखद परिस्थितिप्रति दुख ब्यक्त गरेको छ । यो अप्ठ्यारो परिस्थितिबाट छिट्टै मुक्ति मिल्नेमा पनि समाजले आशा गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...