Admission Open

ad place

नेपाली सेनाद्वारा सफलतापूर्वक एमसीसी २०२१ (सफा हिमाल अभियान २०२१) को आधी यात्रा पूरा

नेपालका ६ वटा विभिन्न हिमालयहरुबाट फोहोर संकलन गर्न चलिरहेको सफा हिमाल अभियान २०२१ को एक हिस्सा हो । नेपाल सरकारले कोका-कोला र अन्य विभिन्न संस्थाको सहयोगमा समन्नवय गरेको नेपाल सरकारको कार्यक्रम जसको उद्येश्य भनेको हिमालयबाट ३५००० केजीको फोहोर रिट्राइभ गर्ने हो ।

काठमाडौँ / नेपाली सेनाको संयोजित नेपाल सरकारको सफा हिमाल अभियान २०२१ कार्यक्रमले माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लाम लगायतका ६ वटा हिमालयहरुबाट फोहोर संकलनको हाफवे मार्क सफलतापूर्वक सम्पन्न गरेको छ । यस टोलीमा अनुभवी शेर्पाहरु समर्थकको रुपमा र नेपाली सेना गरी जम्मा ११२ जना सदस्यहरु रहेका छन् ।
यस अभियान औपचारिक रुपमा अप्रिल १३,२०२१ मा सुरु भयो र हाल सम्म ६ वटा हिमालयहरुबाट २१,१६७ किलोग्रामको फोहोर संकलन गरिएको छ जसमा १८६८ किलोको बायो–डग्रेडेबल फोहोर र १९,२९९ किलोको नन–बायो डिग्रेडेबल फोेहोरहरु समावेश रहेका छन् । टोलीले संकलन गरेको फोहोरहरुमा खारेज गरिएको अक्सिजन ट्याङक, परित्याग गरिएका टेन्टहरु, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, एल्मुनियम, इलेक्ट्रा‘निक फोहोरहरु समावेश रहेका छन्। यस बाहेक पहिला दुर्घटना भएको ९ एन–एसीआर नम्बरको हेलिकप्टर र दुई विभिन्न ठाउँहरुबाट पर्वतारोहण गियर सहित दुई मानव अवशेषहरु पनि धौलागिरी टोलीले रिट्राइभ गरेको छ र मृतकको पहिचान र व्यवस्थापनका लागि थप अनुसन्धानहरु सुरु गरिएको छ ।
हिमाल सफाई अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले भन्नुभयो, “ ६ वटा हिमालहरु सफा गर्ने उदेश्यले अभियानमा खटाइएका टोलीले स्थानीय सरकारसँगको नजिकको समन्वयमा समर्पणका साथ फोहोर संकलन गर्ने कार्यमा लागि परेका छन् । हिमालयहरुको यात्रा पक्कै पनि कठिन हो र साथै हाम्रो टोलीलाई यस महान अभियानको हिस्सा हुन नम्र तुल्याइएको छ र हामी सकेसम्म धेरै फोहोरहरु उठाउन कटिबद्ध छौँ।”

सफा हिमाल अभियानको लक्ष्य भनेको प्रकृति र वातावरणको संरक्षण गरेर ६ वटा हिमालहरु सफा गरी जलवायु परिवर्तनको प्रभावलाई कम गर्नको लागि हो। टोलीहरु स्थानीय सरकार, स्थानीय सरोकारवालाहरु र सबै सम्बन्धित साझेदारहरु सँग घनिष्ट समन्वयमा काम गर्दै छन् । फोहोर संकलन गतिविधिहरु सम्पन्न भएपछि संकलन गरिएको फोहोरलाई थप रिसाइक्लिङको लागि रिसाइक्लिङ पार्टनरलाई हस्तानतरण गरिनेछ ।

नेपाल पर्यटन बोर्डका सीईओ डा. धनंजय रेग्मीले भन्नुभयो, “हिमाल चढ्ने काम धेरै नेपाली र विदेशीहरुको लागि एक ठूलो स्पोर्ट हो र धेरैले यसलाई जितेका छन् । साथै हाम्रा भावी पुस्ताहरुका लागि हिमालयलाई सम्मान र संरक्षण गर्ने हाम्रो जिम्मेवारी रहेको छ । नेपाल सरकार, नेपाली सेना र अन्य धेरै निजी साझेदारहरु हिमालयको सुरक्षाको लागि एकताबद्ध भएर जम्मा भएको देख्नु अत्यन्त रहेको छ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...