Admission Open

जोन्टा क्लव अफ काठमाडौँद्वारा परोपकार अस्पताललाई चारवटा अक्सिजन कन्सनट्रेटर प्रदान

काठमाडौँ : कोभिडका केसहरुमा भर्खरको वृद्धिले देशभरका अस्पतालहरूमा अक्सिजनको अभाव देखा परेको छ । यो अवस्था विशेष गरी गर्भवती र भर्खरका आमाहरू जो कोभिडबाट संक्रमित छन् उनीहरूको लागि गम्भीर रहेको छ ।
यही कोभिडको संक्रमणको संख्यामा बढ्दै गएको प्रतिक्रियाको अनुरुप जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) लाई चारवटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ ।
चारवटा अक्सिजन कन्सनट्रेटरहरू अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तानतरण गरियो ।
अप्रिल २०२० मा पहिलो लकडाउनको क्रममा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चाहरूलाई किटहरूको वितरणसहित जोन्टाले कोभिडको विरुद्ध लडाईमा लिएको यो धेरै मध्यको एक महत्वपूर्ण पहल हो ।
जोन्टा क्लवअफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले भनिन् “महिला र बालबालिकाको सुधारका लागि काम गर्ने अभियानका साथ हामी आशावादी छौं कि यो समर्थनले खाँचोमा परेकाहरूलाई सहयोग गर्नेछ ।“

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...