काठमाडौं, १ जेठ : नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको नेपाली काँग्रेसका केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
