Admission Open

नेपालमा गएको २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं, २८ वैशाख : नेपालमा गएको २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ३ सय १६ नमुना परीक्षणमा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । त्यसैगरी गएको २४ घण्टामा कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु भएको र नेपाली सेनाले शव व्यवस्थापन गरेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...