Admission Open

प्रधानमन्त्री पदमूक्त भएपछि बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीको आह्वान

सरकार गठनमा नयाँ समीकरण शुरु

काठमाडौं, २७ वैशाख : प्रधानमन्त्री पदमूक्त भएपछि बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आह्वान गर्नु भएको हो ।

संसदले विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा बढी सांसदको मत परेपछि प्रधानमन्त्री ओली स्वतः पदमूक्त हुनु भएको थियो ।

राष्ट्रपतिको आह्वान सरकार गठनमा नयाँ समीकरण शुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...