Admission Open

ओलीले पाएनन् विश्वासको मत प्रधानमन्त्री स्वतः पदमुक्त

बहुमतको सरकारका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी

२७ वैशाख, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त नभएपछि प्रधानमन्त्री स्वतः पदमूक्त हुनु भएको छ । प्रधानमन्त्रीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रस्तावमा जम्मा २३२ जना सांसद सहभागी भएकोमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो । कुल सांसद संख्या २७५ मध्ये १५ तठस्त बसेका थिए ।
मतदानमा कोरोना संक्रमित सांसदहरुलाई भने बेग्लै स्थानमा मतदानको व्यबस्था गरिएको थियो ।
संसदबाट प्रधानमन्त्रीको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री स्वतः पदमुक्त हुनु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गर्नु भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...