Admission Open

   रक्तसञ्चार केन्द्रमा रगतको अभाव 

कावासोती, वैशाख  : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाद्वारा सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको हो ।

कोभिड–१९ को दोस्रो लहरका कारण लामो समयदेखि रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको उपशाखाका सभापति वेदप्रसाद न्यौपानेले जानकारी दिनुभयो । कोभिडका कारण रक्तदानका कार्यक्रम गर्ने अवस्था अहिले नरहेको र पुनारो मौज्दात रगत समेत सकिएको उहाँले बताउनुभयो । “अहिले रक्तदानका कार्यक्रम गर्ने अवस्था छैन्, तर रगतको माग भने दैनिक रुपमा बढेको छ” सभापति न्यौपानेले भन्नुभयो– “बिरामीका लागि रगत पु¥याउन मुस्किल भएको छ ।”

रगतको अभाव हुँदा रगत आवश्यक पर्ने बिरामीलाई समस्या सिर्जना भएको छ । रगतको माग धेरै रहेको र आपूर्ति सोही अनुपातमा नहँुदा समस्या भएको सभापति न्यौपानेले बताउनुभयो । कावासोतीको रक्त सञ्चार केन्द्रमा सङ्कलन भएको रगत, नवलपुरका अस्पतालदेखि चितवनका अस्पतालमा उपलब्ध गराउने गरिएको छ । अहिले कतैबाट रगतको माग भएमा दिने अवस्था नभएको उहाँले बताउनुभयो ।

अहिले रगतको माग हुँदा व्यक्तिगत रुपमा रक्तदातालाई सम्पर्क गरी व्यवस्थापन गर्ने गरिएको उहाँले बताउनुभयो । कोभिडका कारण रक्तदान कार्यक्रम गर्ने अवस्था नभएपछि अहिले व्यक्तिगत रुपमा दाताहरुलाई रगत दानका लागि बोलाउने गरिएको छ । समूहमा नभई एक÷एक जना गरेर रगतदानका लागि आह्वान गरिएको सभापति न्यौपानेले बताउनुभयो ।

व्यक्तिगत रुपमा रक्तदान गर्न चाहनेलाई सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर एक­एक जना मात्रै गरेर रक्तदान गर्न सकिने व्यवस्था गरिएको छ । उहाँका अनुसार निषेधाज्ञाका कारण रक्तदातालाई रक्तसञ्चार केन्द्रसम्म आउन असहज नहोस् भनेर सुरक्षा निकाय र प्रशासनसँग समेत समन्वय गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...