Admission Open

कोरोना संक्रमणबाट महाकाली अस्पतालमा थप पाँच जनाको मृत्यु

धनगढी, २६ वैशाख : कोरोना संक्रमणबाट कञ्चनपुरको महाकाली अस्पतालमा उपचार गराइरहेका थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टका अनुसार अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका पाँच जना कोरोना संक्रमितको मृत्यु भएको हो।

भीमदत्त नगरपालिका–६ का ३५ वर्षीय, वडा नम्बर ६ कै ४८ वर्षीय पुरुष र वडा नम्बर १८ की ५७ वर्षीया महिलाको मृत्यु भएको भट्टले बताइन् । यस्तै शुक्लाफाँटा नगरपालिका–८ का ४८ वर्षीय पुरुष र वडा नम्बर १० का ७५ वर्षीय पुरुषको पनि आइतबार मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताइन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरमा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५७ जना निको भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...