Admission Open

ad place

आज नेपालमा ८ हजार ४ सय १८ जना नयाँ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु,

काठमाडौं, २५ वैशाख : आज नेपालमा ८ हजार ४ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ५३ जनाको मृत्युभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार १७ हजार ३ सय १५ जनाको नमुना परीक्षण गर्दा ८ हजार २ सय ८७ जना र ९ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ पुगेको  र कुल संक्रमितको  संख्या ३ लाख ८५ हजार ८ सय ९० जना पुगेका छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सक्रिय संक्रमितमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा रहेको र ५ हजार ४ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ७ सय ५८ जना संक्रमितको आईसीयू र २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।

गएको २४ घण्टामा ३ हजार ३७० जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् भने कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ जना पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...