Admission Open

एमाले एकताबद्ध हुने भएपछि ‘बादल’ उम्मेद्वार बन्ने पक्का


काठमाडौँ, २४ वैशाख : नेकपा एमालेमा सहमतिमा जुट्ने भएपछि राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उम्मेद्वारी दर्ता गर्न हेटौँडा पुगेका छन्। केहीबेर अघि बसेको एमाले स्थायी कमिटी बैठकले बादललाई नै उम्मेवाद्वार बनाउने निर्णय गरेको छ।

माधवकुमार नेपाल समूहबाट नवौँ महाधिवेशनबाट निर्वाचित एमालेका उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले बिहीवार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो संवाद गरेपछि सहमतिको खाका तयार भएको थियो।

सोही बमोजिम एमालेको नयाँ केन्द्रीय कार्यालय थापाथलीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच छलफल गरी टुंगोमा पुग्ने भनिए पनि केही गृहकार्य गर्न बाँकी रहेकाले ढिला भएको हो।

एमालेबीच एकताका लागि बिहीबार दिउँसोदेखि रातिसम्म विभिन्न तहमा छलफल भएका थिए। प्रधानमन्त्री ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र नेपाल पक्षका नेताहरु घनश्याम भुसाल–योगेश भट्टराईबीच दरबारमार्गस्थित ुयाक एण्ड यती होटेलु मा छलफल भएको थियो। छलफलमा सहमतिको बिन्दु के हुनसक्छ भनेर छलफल भएपछि पौडेल बालुवाटार गएर प्रधानमन्त्रीसँग छलफल गरेका थिए।

उक्त छलफलपछि राति पुनः घनश्याम र योगेशको प्रधानमन्त्री ओलीसँग लामो संवाद भएको थियो। करिब साति ११ बजेसम्म प्रधानमन्त्री ओलीको उनीहरुसँग छलफल भएको थियो। त्यसपछि बालुवाटारबाट निस्केका घनश्याम–योगेशले आफूहरुबीच सहमति कसरी हुनसक्छ भन्नेबारे छलफल गरेका थिए।

उता पूर्वप्रधानमन्त्री नेपाल भने राति १० बजेसम्म शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलमा थिए। रातभरिको गृहकार्यपछि शुक्रबार ओली र नेपालबीच छलफल गरी टुंगोमा पुगेको घोषणा गर्ने तयारी छ तथापि नेता नेपालको उनी पक्षका अर्का नेता भीमबहादुर रावलसँग छलफल हुन बाँकी रहेको स्रोतको दाबी छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...