Admission Open

हिमालयन लायन्स क्लवमा नयाँ नेतृत्व

बोस्टनः अमेरिकाको बोस्टनमा बस्ने नेपालीहरुले खोलेको हिमालयन लायन्स क्लवले नयाँ नेतृत्व चयन गरेको छ । लायन वर्ष २०२१(२०२३ का लागि सुशील नेपालको अध्यक्षतामा गठित उक्त समितिको प्रथम उपाध्यक्षमा गोवर्ध्दन पूजा चयन हुनु भएको छ । पूजा सन् २०१०मा स्थापित क्लवको संस्थापक सदस्य पनि हुनुहुन्थ्यो ।
त्यसैगरी द्वितीय उपाध्यक्षमा थानीरत्न कँडेल, तृतीय उपाध्यक्षमा चन्द्रबहादुर मल्ल, सचिवमा विनोद उप्रेती र कोषाध्यक्षमा शान्ति जोशी चयन हुनुभएको छ । त्यस्तै
क्लवको मेम्बरशिप चेयरमा नवीन उप्रेती, एलसिआईए‍फ कोअर्डिनेटरमा विनोद सुवे‍दी, क्लव मार्केटिङ कम्युनिकेसन चेयरमा दिनेश पाण्डे, क्लव सर्भिस चेयरमा आँशुलक्ष्मी राजभण्डारी र महिला संयोजकमा मान्ती कुमारी चयन हुनु भएको छ भने क्लवले हालै आयोजना गरेको पदस्थापन कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर डा। डेवी वाएन , इनकमिङ गभर्नर पेग नेड्रि, रिजनल चेयर केन चिया र जोन चेयर एन्थोनी बोलिओलाले नयाँ पदाधिकारीलाई सपथ ग्रहण गराउनु भएको थियो ।
प्रथम उपाध्यक्ष गोवर्ध्दन पूजाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थापक अध्यक्ष महेश्वर पन्त, पूर्व अध्यक्ष राम थापा, एनआरएन म्यासाचुसेट च्याप्टर अध्यक्ष प्रेम तामाङलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...