Admission Open

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

काठमाडौं, २१ वैशाख नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । केन्द्रको पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
माओवादी केन्द्रको यसअघि बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिएको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार माओवादीले बुधबारदेखि औपचारिकरुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...