Admission Open

नेपाललाई त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौं, ११ वैशाख : नेपालले त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा नेदरल्याण्ड्सलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि रक्षा गरेको छ ।

नेपालले पहिले ब्याटिंग गर्दै २३९ रनको उच्च स्कोर बनाउन सफल भएको थियो भने नेपालले दिएको २३९ रनको लक्ष्य नेदरल्याण्ड्सलाई भारी सावित भयो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउँने क्रममा नेदरल्याण्ड्सले १७ ओभर दुई बलमा मात्र ९६ रन जोड्न सफल भयो ।
नेपालले बनाएको यो स्कोर अन्तर्राष्ट्रियमा टी–२० त्रिकेटकै उच्च स्कोर हो ।
नेपालका उम्दा खेलाडी कुशल भुर्तेल एक्लैले सर्वाधिक ७७ रन बनाए भने अर्का खेलाडी कुशल मल्लले ५० रन बनाए । त्यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४८ रन बनाउन सफल भए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...