सम्माननीय सभामुख,
प्रतिनिधि सभा,
सिंहदरवार, काठमाडौँ ।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१/६ को सिफारिसमा प्रतिनिधि सभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ः०० बजेदेखि अन्त्य गरेको छु ।
यस्तो पत्रसँगै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह १ः०० बजेदेखि संसद अधिवेशन अन्त्यको घोषणा गर्नुभएको छ ।
संसद अधिवेशन अन्त्य : सभामुखलाई थाहै छैन
साधारणतया संसदको कुनै पनि अधिवेशन सुरु हुँदा र अन्त्य गर्दा सभामुखसँग छलफल तथा परामर्श गर्ने प्रचलन छ तर संसदको यो हिउँदे अधिवेशन भने सभामुखसँग कुनै छलफल र परामर्श बिना नै अन्त्य भएको छ ।