Admission Open

नयाँ वर्षमा ‘जाउँ है पोखरा’

पश्चिमाञ्चल होटल संघ पोखराद्वरा नयाँ वर्षमा प्रविधिमैत्री ‘जाउँ है पोखरा’अभियान संचालन गर्ने

पोखरा : पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिंदै ‘‘जाउँ है पोखरा’ अभियान संचालन गर्ने भएको छ । कोभिड– १९ को संक्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित क्यूआर कोडलाई प्रोत्साहन गर्दै जाउँ है पोखरा अभियान संचालन गरिएको संघका अध्यक्ष विकल तुलाचनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
“हाल सघंले नयाँ वर्ष २०७८ को अवसरमा पोखरा र यस क्षेत्रमा आन्तरिक पर्यटनको आगमन वृद्धि गर्न इ–सेवा र फोन पे प्रा.लिसँगको सहकार्यमा “यो नयाँवर्ष जाउँ है पोखरा” भन्ने दुई दिने डिजिटलमैत्री अभियान संचालन गरेको छ । जस अन्तर्गत ५५ वटा बैंक तथा वित्तीय संस्थामा आबद्ध १ करोड ६० लाख ग्राहकसम्म पुगी अभियानले सार्थकता पाउने विश्वास रहेको छ । नेपाल राष्ट्र बैंकको प्रविधिमैत्री र खासगरी क्यासलेस भुक्तानी अभियानलाई प्रोत्साहन गर्न संघले नयाँवर्षको अवसरमा २०७७ चैत्र ३१ गते र नयाँ वर्ष १ गते सदस्य होटल प्रतिष्ठानमा बस्ने पाहुनाले क्यू आर कोडमार्फत भुुक्तानी गर्दा होटल प्रतिष्ठानको प्रकाशित दररेटमा चालिस प्रतिशत छुट र क्यूआरमार्फत भुक्तानी गर्दा विभिन्न बैंकले पाहुनालाई अतिरिक्त क्यास ब्याक दिनेछन् ।”

यसैगरी नयाँवर्षको अवसरमा पोखरामा रहेका होटल प्रतिष्ठानहरुले छुट्टाछुट्टै तवरबाट विभिन्न छुट तथा सहुलियतका आकर्षक प्याकेजहरु सार्वजनिक गरेको र ती बाट समेत लाभ लिन संघले आग्रह गरेको छ । पोखरा र यस वरपरको पर्यटन प्रवद्र्धनका लागि संघले विगत लामो समयदेखि फेवा नववर्ष महोत्सव आयोजना गर्दै “पर्यटन, संस्कृति र खाना” लाई जोड दिई १६ औं संस्करणको महोत्सव सम्पन्न गरिसकेको समेत स्मरण गराइएको छ ।

सन् २०२० को डिसेम्बर अन्त्यबाट चीनको युनान प्रान्तबाट सुरु भएको कोभिड १९ ले नेपालसमेत नराम्ररी प्रभावित हुन पुग्दा गत वर्षको चैत ११ देखि सुरु भएको लकडाउनका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भई होटल क्षेत्रले ठूलो क्षती व्यहोर्नु परेको र सरकारद्वरा होटल तथा पर्यटन व्यवसाय संचालनको लागि अनुमति दिएता पनि अन्तर्राष्ट्रिय पर्यटकहरुको आगमन अत्यन्त न्यून भएको संघले जानकारी दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...