Organ Donation

Organ Donation

Election Commssion Nepal

सात केजी गाँजासहित एक युवक पक्राउ

उदयपुर, १७ चैत : उदयपुर जिल्लाको बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राई रहेका छन् ।

सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६ नं को बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा अवैध गाँजासहित फेला पारेपछि पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो । इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सिलाको गस्ती प्रहरी टोलीले राईलाई गाँजासहित पक्राउ गरेपछि इप्रका बेलकामा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...