Admission Open

हाते होजियारी तालीम

हिमा गाउँपालिकाले हाते होजियारी तालीम सञ्चालन गरेपछि स्थानीयवासीमा खुशी छाएको छ । हातले बुनेका कपडा प्रयोग गर्ने र कपडा उत्पादन गर्ने उद्देश्यले तालीम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो । तालीम अवधिभर बेरोजगार युवालाई विशेषगरी टोपी, स्वेटर, गलबन्दी, मोजालगायत लुगा बुन्न सिकाउने उहाँले बताउनुभयो ।

महिलासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत ४५ युवालाई तालीममा सहभागी गराइएको उपाध्यक्ष रोकायाले जानकारी दिनुभयो । घरमा उत्पादन हुने भेडा तथा खरायोको ऊनबाट लुगा निर्माण गर्न सिकाउने र युवालाई व्यावसायिक तथा उद्यमी बनाउने लक्ष्य लिइएको छ । महिलाको उत्थान गर्दै गरिबी घटाउने उद्देश्यले तालीम सञ्चालन गरिएको हो । महिलालाई सीपयुक्त बनाई आर्थिक हिसाबले बलियो बनाउन तालीमबाट राहत हुने विश्वास लिइएको छ ।

कोसेली घर निर्माण गरी महिला उद्यमीले उत्पादन गरेका वस्तु स्थानीय सरकारले खरीद गर्ने व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । महिला सशक्तीकरण र आर्थिक क्रान्तिका बाटामा हिँडाउन स्वरोजगारमूलक तालीमको आवश्यकता रहेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताउनुभयो । सीप सिकेमा केही गर्न सकिने भएकाले भविष्यमा आमा हुने युवतीलाई तालीमले आत्मनिर्भर बनाउन सहयोग गर्ने रमिता रावतले बताउनुभयो । महिलाले घरायसी कामबाहेक फुर्सदका समयमा कपडा बुन्ने काम गर्न सक्ने भएकाले तालीम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...