Admission Open

ad place

विद्यार्थी र शिक्षकलाई खोप लगाउन आग्रह

काठमाडौँ, १८ माघ
सामुुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज जारी गर्नुभएको विज्ञप्तिमा लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालन हुन लागेकाले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको कार्यक्रम मिलाउन आग्रह गरिएको हो । सो क्रममा महासङ्घले विद्यालय तहमा आवश्यक सहजीकरण गर्ने पनि जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...