Mobile banking

Nepal Telecom

महिला लघुवित्तको आईपीओ बाँडफाँट, १० कित्ता पर्ने ३७ हजार ५०० भाग्यमानी

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि बिक्री गरेको आइपीओ फागुन १४ गते, शुक्रबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले दिएको जानकारीअनुसार आइपीओ बाँडफाँड आज कम्पनीको कार्यालयमा गरिएको हो।
आवेदन दिएका कुल लगानीकर्तामध्ये ३७ हजार ५०० जनालाई १० कित्ताका दरले बाँडफाँट गरिएको क्यापिटलले बताएको छ।

महिला लघुवित्तको आइपीओमा अहिले सम्मकै धेरै १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो।

मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण गरिएको हो।

लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...