Admission Open

साताको तेस्रो दिनको प्रि ओपन सेसनमा साढे १९ अंक बढ्यो नेप्से

पागुन ११ गते मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंक बढेको छ।
साताको दोस्रो दिन सोमबार ३२.६७ अंक घटेर २६०७.६७ विन्दुमा झरेको नेप्से मंगलबारको ओपन सेसनमा १९.६७ अंक बढेर २६२७.३४ विन्दुमा पुगेको छ। ओपन सेसन अवधिमा सेन्सेटिभ इण्डेक्स पनि २.५७ अंकले उकालो लागेको छ।

मंगलबारको प्रि ओपन सेसनमा ४८ कम्पनीको १ करोड ४५ लाख १६ हजार ३४९ रुपैयाँ बराबरको ३२ हजार ७०० कित्ता शेयर खरिदबिक्री भएको छ । यस सेसनमा ५ कम्पनीको शेयरमूल्य घटेको छ भने ४० कम्पनीको शेयरमूल्य बढेको छ । त्यसैगरी ३ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...