Admission Open

फागुन आन्तिम सातादेखि हेटौंडामा शहीद स्मृति गोल्डकप हुने

१० फागुन, हेटौंडा : यही फागुन २७ गतेदेखि हेटौडामा शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । दश वर्ष अघिबाट हेटौंडामा प्रारम्भ भएको प्रतियोगिता फागुनको आन्तिम साताबाट हेटौंडामा सुरु हुने भएको हो । ०६२/६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा पहिलो पटक हेटौंडामा थालिएको गोल्डकप प्रतियोगिताको तेश्रो संस्करण फागुन २७ बाट चैत्र ७ गतेसम्म सञ्चालन हुने भएको छ ।

विभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यस वर्षदेखि जिल्लाका १० वटा स्थानीय निकायले सहयोग गरेका छन् । स्थानीय तहको सहयोगबाट प्रतियोगिता सञ्चालनको तयारी थालेको मकवानपुर फुटबल संघले यस वर्षबाट खेललाई नाम परिवर्तन गरी ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरिएको प्रतियोगिताका संयोजक प्रताप बिष्टले बताउनु भयो ।

हेटौंडा १० स्थित वन बिज्ञान अध्ययन सस्थानको खेल मैदानमा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा विभागीय टोलीसहित उपत्यकाभित्रका चर्चित ६ र बाहिरका ४ क्लबको सहभागिताको अपेक्षा रहेको आयोजकले जनाए । प्रतियोगिता सञ्चालनका लागि आयोजकले ९४ लाख ४० हजार ५ सय रुपियाँ खर्च हुने अनुमान गरिएको कुरा पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले १० लाख, द्वितीय हुनेले ५ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार, विद्यागत ५ शीर्षकमा उत्कृष्टले २५ हजार र प्रत्येक खेलमा म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने कुरा पनि सम्मेलनमा जानकारी गराईएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...