Admission Open

‘कृष्ण–लीला’ फिल्म यही चैत्र २७ देखि प्रर्दशन हुने

काठमाडौ : कोरोनाका कारण थलिएको चलचित्र उद्योगले बिस्तारै त्राण लिन थालेको छ । निर्देशक दीपक ओलीले निर्देशन गरेको फिल्म ‘कृष्ण–लीला’ आउँदो चैत २७ देखि देशभरका विभिन्न हलहरुमा प्रदर्शन हुने भएको हो । अभिनेता पुष्प खड्का कृष्णको भूमिकामा र अभिनेत्री श्रद्धा क्षेत्री लीेलाको भूमिकामा अभिनित फिल्म ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय भएको हो । उक्त फिल्म नयाँ वर्ष ०७८ लाई लक्षित गरेर देशभर प्रदर्शन हुने भएको हो । त्यसैगरी उक्त फिल्मको शिर्ष गीत ‘कुनै दिन यस्तो पनि’ यही माघ ३० गतेदेखि सार्वजनिक गर्ने तयारी रहेको जानकारी पनि गराईएको छ । उक्त गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...