Admission Open

सस्तियो सुन, तोलामा घट्यो ९ सय

२२ माघ, काठमाडौं । माघ २१ गतेको मूल्यभन्दा प्रतितोला ९ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको छ। २१ माघमा प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य २२ गते ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले माघ २२ कालागि तेजावी सुन प्रतितोलाको मूल्य ९० हजार ६ सय तोकेको छ भने चाँदीको मूल्यमा पनि ओरालो लागेको छ । गत मंगलबार प्रतितोला १३२० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहीबार १३०० सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस आधारमा सुनमा मात्र होईन चाँदिको मूल्यमा समेत गिरावट आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...