Admission Open

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि. (NIFRA) को (IPO) आज बाँडफाँड हुँदै

 ५० कित्तासम्म आवेदन गर्ने सबै आवेदकले पाउने पक्का

नेपाल इन्फ्राष्ट्रक्चर बैंक लि. (NIFRA) ले (IPO) सेयर आज बाँडफाँड गर्ने भएको छ । ५० कित्तासम्म आवेदन गर्ने सबै आवेदकले ५० कित्ता सेयर पाउने भएको छ । बैंकले गरेको ‘प्रि–अलटमेन्ट’ अनुसार ५० कित्तासम्मका लागि आवेदन दिने सबै आवेदकले प्राप्त गर्ने भएका हुन् ।

५० कित्ता भन्दा बढि आवेदन दिनेमध्ये केहीले थप १० कित्ता प्राप्त गर्न सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआविएल एस क्यापिटलले जनाएको छ । क्यापिटलले ‘प्रि– अलटमेन्ट’ को तथ्याङक बुधबारनै धितोपत्र बोर्डमा पठाएको थियो । बोर्डले स्वीकृत प्रदान गरेपछि कम्पनीले आज शुक्रवार विहान १० बजे बाँडफाँट गरिने जनाएको छ ।

बैंकले माघ दुई गतेदेखि ६ गतेसम्म सर्वसाधारण समूहको ८ करोड कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो । बैंकले निष्काशन गरेको प्राथमिक शेयरमा १५ लाख २९ हजार ४६० जनाले आवदेन दिएका छन् ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामुहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको कम्पनीको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ भने आईपीओ पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...