बुधबार, माघ १४ गते नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ ।
साधारण सभाको बुकक्लोजसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३१ प्रतिशत बोनस पश्चात ०७७ माघ १४ गते बुधबार कम्पनीको शेयरमूल्य समायोजन भएको छ।
नेप्सेले बोनस शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता २ हजार १९२ रूपैयाँ निर्धारण गरेको छ । मंगलबार २ हजार ८७२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको नेपाल लाइफको ३१ प्रतिशत बोनस शेयरपछि नयाँ मूल्य निर्धारण गरिएको हो ।
गत आवको नाफाबाट ३१ प्रतिशत बोनस र २० प्रतिशत गरी ५१ प्रतिशत लाभांश पारित गर्न कम्पनीले माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । यही माघ ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त सभा बोलाएको हो ।
सभामा कम्पनीले प्रतिशेयर मूल्य १०० रुपैयाँबाट टुक्राएर ५० रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव राखेको छ । उक्त प्रस्ताव सभाबाट अनुमोदन भएपछि नियामक निकायको स्वीकृतिपछि मात्र लागू हुने जनाइएको छ ।