Admission Open

कृषिमा कमजोरी तथ्याङ्कमा छ : सचिव मिश्र

कर्णाली, ७ माघ
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको कमजोरी भनेकै तथ्याङ्क रहेको बताउनुभएको । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको समन्वय तथा नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय काठमाडौँद्वारा आयोजित तीन दिने ‘किसान सूचीकरण प्रणालीसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ को मङ्गलबार समापन कार्यक्रममा सचिव डा मिश्रले कुनै पनि क्षेत्रको विकास तथा योजनाको महत्वपूर्ण आधार भनेकै तथ्याङ्क भएको बताउनुभयो ।

“कृषिमा कही कमजोरी छ भने तथ्याङ्कमा छ । सही तथ्याङ्कका आधारमा काम गर्ने प्रक्रियामा हामी चिप्लिराखेका छौँ । हाम्रो किसानको वास्तविक तथ्याङ्क नभई हामीले कृषिमा सही काम गर्न सक्दैनौँ । एक पटक मात्र तथ्याङ्क प्रवेश गर्न सक्यौँ भने हामीले दीर्घकालीन विकासको खाका कोर्न सक्छौँ”, उहाँले भन्नुभयो, “कर्णाली प्रदेशमा हाल दुई लाख ९८ हजार घरधुरी छन् । हामीले दुई लाख ५० हजार जति तथ्याङ्क सङ्कलन गरे तथ्यको नजिक जान सकिएला । देशका सबै ठाउँमा तालिम सम्पन्न भएपछि फागुनमा किसान सूचीकरणको दर्ता कार्य शुरु हुन्छ ।” तथ्याङ्क सङ्कलनपश्चात् मात्र दोस्रो चरणमा किसानहरुको वर्गीकरण गर्न सकिने उहाँको भनाइ थियो ।

नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सञ्जेलले किसान सूचीकरण व्यवस्थापन प्रणाली ९सफ्टवेयर दर्ता० सरकारको महाअभियान भएको बताउनुभयो । उहाँले प्रदेशस्तरीय अभिमुखीकरणमा सहभागीहरुलाई तीन दिनसम्म प्रशिक्षणबाट प्राप्त सबै ज्ञान तथा सीप जिल्ला एवं स्थानीय तहका प्रशिक्षक तथा सहजकर्तालाई राम्रोसँग हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी कर्णालीका १० वटै जिल्लाका कृषि तथा पशुसेवा कार्यालयमा कार्यरत प्रमुखहरुले कृषि मानव जनजीविकाको मूल आधार भएको बताउँदै यो क्षेत्र र किसान कसरी अघि बढ्न सक्छन् भन्नेतर्फ तथ्य एवं नीतिगत ढङ्गबाट राज्य अगाडि बढ्नुपर्ने सुझाएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...