Admission Open

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओले शेयरप्रति सबैको ध्यान खिच्यो

प्राथमिक शेयरमा आवेदन गर्नेको नयाँ रेकर्ड कायम, इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख बढीको आवेदन

माघ ६ गते मंगलबार साँझसम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को आईपीओमा १५ लाख बढी सर्बसाधारणले आवेदन गरेका छन ।

भर्खरै मात्र आवेदन बन्द भएको चन्द्रगिरी हिल्सको आईपीओमा साढे १२ लाख भन्दा बढी सर्वसाधारणको आवेदन परेको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ।

सबै आवेदनहरूको तथ्यांक तयार भइनसकेको अवस्थामा पनि ७ करोड ५८ लाख ४० हजार कित्ताको २.३९ गुणा बढी हुन आउछ । यो संख्या अझै बढ्न सक्नेछ ।

मंगलबार सिडिएससीले बैंकको आईपीओमा आवेदन गर्ने समय १ घन्टा थप गरेर ६ बजेसम्म पुर्याएको मेरो शेयरमा प्राविधिक समस्या देखिएपछि सिडिएससीले समय थपेको हो ।

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने पाउनेछन् ।

बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले शेयर पाउने पक्का छ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...