Admission Open

सुनसान बन्दै हुलाक

जिल्ला हुलाक कार्यालयका कर्मचारीको घाम तापेर नै दिनचर्या बित्ने गरेको छ । कामको चाप कम रहेको र कर्मचारी सङ्ख्या धेरै रहेका कारण हुलाकका कर्मचारी यतिबेला कामविहीन अवस्थामा रहेका छन् ।

हुलाक कार्यालयका कर्मचारीलाई हुलाक टिकट बिक्री गर्नेबाहेक अन्य काम नभएपछि अधिकांश समय घाम तापेर नै बित्ने गरेको स्वयं कर्मचारी बताउँछन् । जिल्ला हुलाक र इलाका हुलाक कार्यालयमा गरी ६० जना कर्मचारी छन् । अतिरिक्त हुलाक कार्यालयमा १२१ कर्मचारी सहित १८१ कार्यरत छन् । कर्मचारीको अधिकांश समय यत्तिकै खेर गइरहेको जिल्ला हुलाक कार्यालय तनहुँका निमित्त प्रमुख कुमारसिंह लामाले बताउनुभयो । टेलिफोन, इमेल, इन्टरनेटको पहुँच कम भएका बेला कामको धेरै चाप हुने समयमा कायम गरिएका दरबन्दीअनुसारका कर्मचारी रहेकाले कर्मचारीको सङ्ख्या धेरै देखिएको उहाँले जानकारी दिनुभयो । सञ्चारको पहुँच कम भएको समयमा गाउँगाउँमा चिठी बोकेर जानुपर्ने हुलाकी हाल हातहातमा भएका मोबाइलले चिठीपत्र अत्यन्त न्यून हुने भएकाले कर्मचारी कामविहीन बन्नुपरेको हो । सरकारी प्रयोजनका लागि न्यून सङ्ख्यामा रजिष्ट्ररी चिठी आउने गरे पनि अन्य चिठी पत्र कुरियरमार्फत पठाउनेको सङ्ख्या बढ्दै गएपछि हुलाक कार्यालयमा मानिसको चहलपहलमा न्यून हुँदै गएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को प्रथम चौमासिक खर्च भने रु एक करोड २५ लाख ८३ हजार ५०० एक र पूँजीगत खर्चतर्फ ५९ लाख ८७ हजार नौ रहेको जिल्ला हुलाक कार्यालयका लेखापाल पवित्रमणि आचार्य जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...