Admission Open

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँट कहिले हुन्छ चासो तपाईँलाई पनि होला !

११ लाख ११ हजार जना आइपीओ पाउनबाट बञ्चित हुने

काठमाडौं, चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँट यसै हप्ताभित्र गर्ने प्रारम्भिक तयारी गरिएको जानकारी बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमार्फत प्राप्त भएकोछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो हप्ताभित्र आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी, अझै धेरै काम बाँकी रहेको र धितोपत्र बोर्डमा रिपोर्ट पनि नपठाएकाले कुन दिन बाँडफाँट गर्ने अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ ।

११ लाख ११ हजार जना आइपीओ पाउनबाट बञ्चित हुने

यता, चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा १७।५३ गुणा बढी हो ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । ११ लाख ११ हजार भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ४५ अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५५ अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो ।

बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो । यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो । कम्पनीले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...